जनकपुरधाम ,१० साउन । मधेश प्रदेश सरकारले प्रदेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग पहिलो पटक छलफल गरेको छ। बिहीबार जनकपुरधाममा मधेश प्रदेश सरकारका प्राथमिकता र विकास साझेदार संस्थासँग नीतिगत बहस कार्यक्रममा मधेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग छलफल गरिएको हो। छलफलमा प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी […]