१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

जनमत पार्टी विस्तारमा तिब्रता

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

मनोज मोरबैता
जनकपुरधाम: डा सीके राउत नेतृत्वका जनमत पार्टीले संगठन विस्तारमा तिब्रता दिएको छ।स्वतन्त्र मधेश गठबन्धनले जनमत नामबाट पार्टी दर्ता गरेपछी स्वतन्त्र वा विभिन्न पार्टीमा आबद्ध रहेका विभिन्न सरोकारवालाहरुले जनमत पार्टीमा आबद्ध भइरहेको जनमत पार्टीका सदस्य बलराम सेवकले बताए ।

अन्य मधेशी पार्टीभन्दा मधेश प्रतीको माया ममता र मधेशलाई बचाउन मधेशको विकास र समृद्ध बनाउन एक मात्र पार्टी जनमत पार्टी रहेको उनको भनाईछ ।

सिरहाको मिर्चैया नगरपालिका वाड न.२,५,६ ,१० र ११ मा वडामा समिति गठन भइ सकेका छ्न। नगरपालिकाको विभिन्न वडामा करिब ५ हजार भन्दा बढी पार्टीमा आबद्ध भइसकेको र अहिले पनि संगठन विस्तारमा निरन्तरता रहेको पार्टीका मिर्चैया नगरपालिकाको संयोजक पटबारी ठाकुरले जनकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]