१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांसदबीच चर्काचर्की

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।

सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो ।

जनमतका सांसद सिंहले माघ ८ मा सप्तरीमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको सांघातिक हमला भएको सम्बन्धमा चित्तबुझ्दो जवाफ नपाएको र अर्थ मन्त्रालयमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए ।

उनले सरकार गैरजिम्मेवार बनेकाले संसद चल्न नदिने अडान लिए ।

सभामुख मण्डलले पटक पटक संसदको कामकारबाही अगाडि बढाउन दिन आग्रह गरे । तर, जनमतका सांसदहरु उठेर विरोध गरिरहे । सो क्रममा एमाले सांसद ठाकुरले सप्तरी घटना दुःखद रहेको तर त्यसको निहुँमा संसद अवरुद्ध गर्न नहुने धारणा राखेपछि जनमतका सांसदहरुले प्रतिवाद गरेका थिए ।

सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रतिपक्षी दलका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]