१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

प्रदेश २ मा विभिन्न अवसरयुक्त इम्प्याक्ट अवार्ड आयोजना हुने

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ ।
आउंदो २४ अगस्तका दिन प्रदेशका राजधानी जनकपुरधाममा आयोजना हुने सो अवार्ड समारोहमा प्रदेशभरिका साना उद्यमी व्यवसायीहरुलाई सहभागि गराउने छ । ती मध्ये उत्कृष्ट तथा राम्रो उत्पादन र सेवा दिने व्यवासयीहरुलाई विभिन्न विद्यामा अवार्ड सहित सम्मान गरिने आयोजक पक्षले सोमवार एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।
अन्तराष्ट्रिय संस्थाको रुपमा रहेका इम्प्याक्ट अवार्डले घरेलु तथा साना उद्योग महासंघको सहयोगमा सो अवार्ड कार्यक्रम आयोजना गर्ने गरिने सहयोगी संस्था घरेलु तथा साना उद्योग महासंघ धनुषाका अध्यक्ष नरेश सिंहले जनाएको छ । अवार्ड समरोहमा सहभागिताका लागि रजिष्ट्रेशन शुल्क ५ हजार र विलम्ब सहित साढे ६ हजार रुपैया राखिएको छ ।
इम्प्याक्टले शिक्षा, उत्पादन, ट्रेडिंग, टयुरिज्म एण्ड होस्पिटीलिटी, विद्युतिय, निर्माण सेवा, प्रविधि, फाइनान्स एण्ड बैंकिंग, हेल्थकेयर, मिडिया एण्ड इन्टरटेनमेन्ट, कृषि लगायतका १४ विद्यामा अवार्ड दिनेछ ।
सो अवार्डमा सहभागिताले व्यवसायीलाई नेटवर्किंग, विभिन्न प्रादेशिक, राष्ट्रिय एवं अन्तराष्टिय समन्वयको अवसर, समाजिक रुपमा व्यवसायलाई प्रमोट, व्यवसायको नयाँ अवसरहरु, व्यवसायिक नेतृत्वको क्षमता विकास, उच्च व्यवस्थापकीय टीमसँग व्यवसायिक ज्ञान आदान प्रदान लगायतका फाइदा हुने आयोजक पक्षले दाबी गरेका छन् ।
सो अवार्ड समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधि, व्यवसायी र उच्च व्यवस्थापकीय टीमको उपस्थिति रहने जनाइएको छ ।- लोकपुकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]