१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

डा सीके राउतलाई भव्य स्वागत

Logo
प्रकाशित मंगलबार, भाद्र ०३, २०७६

जनकपुरधाम।कतार भ्रमणबाट भर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ ।

जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो ।   १० दिने कतार भ्रमण सफल रहेकाले अध्यक्ष डा राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए ।

सयौंको संख्यामा मोटरसाइकलका साथ नेता तथा कार्यकर्ता जनकपुर विमानस्थलदेखि राउतको निवाससम्म स्वागत र्याली समेत निकालेका थिए ।

डा राउतले गैरआवासीय मधेशी संघ कतारद्धारा आयोजित मधेशी सांस्कृतिक कार्यक्रममा भाग लिन डा. राउत कतार गएका थिए ।भ्रमणका क्रममा उनले विभिन्न क्याम्पहरुको भ्रमण गरी त्यहाँ रहेका नेपाली कामदारहरुको अवस्था तथा समस्या समेत बुझेका छन् ।

डा. राउत रोजगारीको शिलशिलामा कतारमा रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागि पहल तथा चाहिने समयोग गर्न नेपाली दूतावाससँग छलफलसमेत गरे । मधेशी कामदारहरुसँग मधेशको अवस्थाबारे समेत छलफल गरेका डा. राउतले स्वदेशमै रोजगारी सृजना गर्न आफ्नो पार्टीले कुनै कसर बाँकी नछाड्ने विश्वास दिलाए ।

दुई देशबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक, सांस्कृतिक, प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमासमेत छलफल गरिएको छ । भ्रमणका क्रममा डा. राउतलाई नेपाली दूतावाससहित अन्य मधेशी संघ संगठनहरुले भव्य स्वागत तथा अभिनन्दन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]