२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज, १३ भदौ । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले […]

सिरहा, १३ भदौ । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक […]

काठमाडौँ, १३ भदौ । बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ […]

मोरङ, १३ भदौ । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य […]

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने […]

काठमाडौँ, १२ भदौ । नेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो […]

काठमाडौँ, १२ भदौ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिनुभयो । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त […]

नेपालगञ्ज, १२ भदौ। बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । “करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ”, संयोजक बस्नतेले भन्नुभयो […]