२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दुग्घमती नदीको सीमा यकिन गरी उत्खनन् गर्ने मुख्यमन्त्री सिँहको निर्णय

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ११, २०८१

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने निर्णय गरेको हो ।

सो उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्न प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मा दिइएको छ ।

विभिन्न धार्मिक ग्रन्थका अनुसार अत्यन्त पवित्र मानिएको र पवित्र स्नान तथा पूजाआजाको लामो परम्परा रहेको नदी उद्गमस्थलदेखि तीन–चार किलोमिटरसम्म पूर्णतः अतिक्रमण र त्यसभन्दा दक्षिणतिर आंशिक अतिक्रमणको शिकार रहेको अवस्था दुःखद र दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै मुख्यमन्त्री सिँहले अतिक्रमणमुक्त दुग्धमतीको योजना कार्यान्वयन गर्ने गृहकार्य थालेका थिए ।

त्यसअन्तर्गत नदीको साबिक सीमा यकिन गर्ने, उत्खनन् गर्ने र प्रदूषणमुक्त बनाउन प्रदेश सरकारले अग्रसरता लिने टुंगोमा उनी पुगेका थिए ।

बैठकले अतिक्रमणमुक्त र प्रदूषणमुक्त दुग्धमती नदी अभियान तीव्र गतिमा बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको सो अभियानमा अन्य सरोकारवालाको समेत सहभागिता रहनेछ ।

बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए ।

बैठकलगत्तै मुख्यमन्त्री सिँहसहित बैठकका सहभागीहरू नदीको उद्गमस्थल र नदी प्रणालीको अवलोकन तथा निरीक्षण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]