०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

न्यूजमधेश डेस्क महोत्तरी ,१० असोज । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट […]

न्यूजमधेश डेस्क काठमाडौं,११ असोज । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ असोज। सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने […]

न्यूजमधेश डेस्क सिरहा ,१० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ असोज । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो । सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,८ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । शनिबार (भोलि) ६४ जिलाको पालिका अधिवेशन पनि सम्पन्न गर्ने कार्यसूची छ । शनिबार अरू प्रदेशका अधिकांश जिल्लामा पालिका अधिवेशन सम्पन्न हुँदा प्रदेश नम्बर–२ मा अधिवेशनको प्रक्रिया सुरु हुने संकेतसमेत देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ असोज । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]

न्यूजमधेश डेस्क झापा ,८ असोज । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित […]