०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

प्रदेश २ मा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असोज। प्रदेश–२ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गर्नुभएको छ । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ असोज । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षको छोरा गोलीसहित पक्राउ परेको छ । कमला नगरपालिका-८ हरिनेका वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज मरिक यादव गोलीसहित पक्राउ परेको छ । उनलाई शहिदनगर नगरपालिकाको यदुकुहा विद्यालयबाट पक्राउ गरिएको बुझिएको छ ।

न्यूजमधेश डेस्क झापा ,११ असोज । क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि पूर्वसांसद अमृतलाल राजवंशीले कांग्रेस परित्याग गरेका छन् । झापाको बिर्तामोड नगरपालिका-४ मा भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि संविधानसभा सदस्य राजवंशी कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् । राजवंशीलाई कांग्रेसले पहिलो र […]

प्रकाश सिलवाल/उत्तम उपाध्याय रौतहट, ११ असोज। “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही […]

न्यूजमधेश डेस्क कंचनपुर ,११ असोज। लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारीदिनुभयो । “भन्सार कार्यालयमा […]

न्यूजमधेश डेस्क काठमाडौं,११ असोज। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० तोकिएको छ । […]

न्यूजमधेश डेस्क विरगंज ,११ असोज। सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असोज ।तराईं मधेशका पवित्र ‘जितिया पर्व’ प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको […]