२६ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

समाज

यमुना सहकारीका अध्यक्ष उप्रेती ८ अर्ब हिनामिना आरोपमा पक्राउ

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था […]

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, […]

बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका –५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले एउटा कटुवा […]

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेको छ। उनले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी […]

कैलाली । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए । उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् । जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका हुन् । नेपालमा रहेको प्लेटा नेपाल नामक […]

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् । दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै […]