१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

मधेश प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग छलफल

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १०, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् । जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ ।

कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका हुन् । नेपालमा रहेको प्लेटा नेपाल नामक कम्पनीको सहकार्यमा प्रदेशमा कृषि उद्योग स्थापना गर्न प्रस्ताव राखेका छन् ।

उनको प्रस्ताव प्रति सकारात्मक भई कार्य अगाडी बढाउन मुख्यमन्त्री सिंहले सेरिलमेजलाई आग्रह गरेको हो । सेरिलमेजले स्थापना गर्न लागेको उद्योगमा मधेशका सयौं युवाहरुले रोजगारी पाउने छन् ।

मुख्यमन्त्री सिंहले विभिन्न कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरुलाई यस प्रदेशमा लगानी गर्न आह्वान गरिरहनु भएको छ । सोही अनुरुप लगानीकर्ताहरु अहिले मुख्यमन्त्री सिंहसँग भेटेर लगानीको वातावरण बनाईदिन र त्यसमा आवश्यक सहयोगका लागि भेटघाट गर्ने गरेका छन् ।

यो उद्योग स्थापनाको लागि यहाँ पाँच सय विगहा जग्गा आवश्यक पर्दछ । सो जग्गा व्यवस्थापनमा पनि समन्वय गरिदिन सेरिलमेजले मुख्यमन्त्रीलाई आग्रह गरे ।

प्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई उद्योगिकरण गरी विभिन्न सामग्री बनाउनेछन् ।

सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा पनि सहभागि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]