१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

राजनीति

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित भवन उद्‍घाटन

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ ।सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मायादेवी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार पार्टीका मायादेवी गाउँपालिकाको अध्यक्ष हरिकेश हरिजनको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता रहेको थिए। सोही कार्यक्रममा विशिष्ट अतिथी भ्रष्टाचार निवारण विभागका केन्द्रिय प्रमुख संजय कुमार मिश्रा , अतिथिहरु […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश २ सरकारले कार्याकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको आरोप लगाएकी हुन । शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट प्रदेश–२ मै छ छुट,” उनले भनिन् । सरकारले कार्यकता पाल्न र कमिसन […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । ‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’ मस्यौदामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ असार । प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने […]

न्यूजधेश डेस्क काठमाडौं ,२४ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार भोलि बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आज सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै […]