न्यूजमधेश डेस्क काठमाडौं, २८ पौष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई […]
न्यूजमधेश डेस्क कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ। मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो । गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर […]
जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ। १५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो। गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण […]
काठमाडौं ,२७ पौष।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत र अमेरिकी राजदुत डिन आर थम्पसनबीच शिष्टाचार भेटघाट गर्नुभएको छ। बुधबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टी कार्यलयमा अध्यक्ष डा.राउत र राजदुत थम्पसनसंग शिष्टाचार भेटघाट भएको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताउनुभएको छ। उहाँले भन्नुभयो,’भेटघाटको क्रममा दुई देशको विकास र सहकार्य बारेसमेत छ्लफल भएको छ।’
न्यूजमधेश डेस्क सप्तरी ,२४ पौष । सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो । वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२४ पौष। सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो । जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ । बालुवाटार स्रोतका […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ पौष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा […]
काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले […]