०९ बैशाख २०८१, आइतबार
21-04-2024 , Sun
×

करेन्ट लागेर ज्यान गुमाएका गुप्ता परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ।

१५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]