न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।जनता समाजवादी पार्टी नेपाल संघिय परिषद सदस्य ई. रामनाथ मिश्रसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यलयमा पुगेर नेता मिश्रसहित दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। त्यसैगरी ,शैक्षिक क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिदै आइरहेका जनकपुरका प्रख्यात शिक्षक श्रवण कुमार झालगाइत विभिन्न […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ मङ्सिर । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो । झडपमा दुवै पक्षका केही सेना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको हो । चिनियाँ सेनाले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ मङ्सिर ।जनता समाजवादी पार्टी महोत्तरीका नेता महेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेर जसपाका महोत्तरी जिल्ला सदस्यसमेत रहेका नेता यादवले पार्टी प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेको छ […]
न्यूजमधेश डेस्क सर्लाही ,२६ मङ्सिर। यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट […]
न्यूजमधेश डेस्क कञ्चनपुर, २५ मङ्सिर ।कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त हुनुहुन्छ । साथीहरुसंग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थाल्नुभएको छ । गीत–सङ्गीतमा उहाँ विद्यालयकै अब्बल छात्राका रूपमा परिचित हुनुभएको छ । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ मङ्सिर । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह (मेधशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो । जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका […]