०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिक सांसद टुङ्गो लगाए

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२२ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो ।

जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन् ।

यसरी धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् ।

यसरी २ जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]