२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

शिक्षा

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

न्यूजमधेश डेस्क काठमाडौं,१९ माघ।आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लगभग पक्का भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शिक्षा क्षेत्रलाई सफासुघर बनाउनु पर्ने बताएका छन् । जनकपुरधाममा मदर्सा अल जामेआतुस सलामियाले आयोजना गरेको ‘कोरोना भाइरस एक तारुफ’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् । सो मदर्सामा अध्ययनरत्त छात्रछात्राहरुको शिक्षाको तौरतरिकाको प्रसंसा गर्दै अन्य ठाउँका विद्यालयहरुमा यस्तो शिक्षाको अवलम्वन गर्नुपर्ने मेयर […]

न्यूजमधेश डेस्क सिरहा,१७ माघ।उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो । विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ माघ।बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि सुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ।प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिका वडा नम्बर ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ ।गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो । हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ माघ । शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिने र […]

न्यूजमधेश डेस्क सिरहा ,१४ माघ । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ पुस।रामजी रामलाई एमबीबीएस अन्तिम वर्षको परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा अयोगले निर्देशन दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पत्र पठाउँदै रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको हो । रामजी रामको सम्पूर्ण शिक्षण शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गराउन आयोगकाे निर्देशन छ । शुल्क नतिरेको […]