१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

शिक्षा

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो। विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन। यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को […]

कैलाश दास जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा विद्यालय बसको पूजापाठ गरी उद्घाटन गरेका छन् । उपमहानगरपालिका वडा नं। २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन । मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र […]

न्यूजमधेश सम्बादाता झापा ,२६असोज । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक […]

न्यूजमधेश डेस्क काठमाडौँ, १४ असोज।कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा […]

न्यूजमधेश डेस्क काठमाडौँ, २० भदौ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । धनुषाको एक  विद्यालय परिसरमा धान खेती गरिएको छ । जिल्लाको कमला नगरपालिका वडा नं ५ लक्कडस्थित नथुनी गोइत निम्न माध्यमिक विद्यालयको परिसर भित्रै करिव ६ कठ्ठा जग्गामा धान खेती गरिएकोछ । स्थानिय अशेश्वर यादवले विद्यालयको जग्गामा धान अनाधिकृत रुपमा रोपेको देखिएको छ । विद्यालयको जग्गामा धान खेती बारे उनले विद्यालय […]

न्यूजमधेश सम्बादाता सप्तरी ,७ भदौ । विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाब सङ्कलन गरिएको छ । रुपनी गाउँपालिका–४ भथौल निवासी प्रधानाध्यापक सुर्य नारायण यादवको मृत्यु भएका हुन् । उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । बिहान घुमेर […]