न्यूजमधेश सम्बादाता महोत्तरी ,२१ भदौ । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भदौ । लकडाउन अबधिमा हत्या, बलात्कार र उत्पीडनको बिरोधमा शनिबार दलित सभा सम्पन्न भएको छ । प्रदेश २ भित्र प्रहरी हिर ासतमा ज्यान गुमाएका शम्भु सदा, खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको परिवारजनको लागि न्याय माग्दै धनुषाको सबैलामा उक्त सभा सम्पन्न भएको हो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भदौ । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ÷आठ, रौंतहटमा पाँच, सर्लाहीमा […]
न्यूजमधेश सम्बादाता रौतहट ,२० भदौ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ । कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ […]
न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही […]
न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा एक वडाध्यक्ष पक्राउ परेको छ । रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई […]
न्यूजमधेश सम्बादाता परासी ,१८ भदौ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका वडा नम्बर १ रुपौलियामा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको […]