१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

रथयात्रामा भएको प्रहरी हस्तक्षेपविरूद्ध रौतहटमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट ,२० भदौ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आरोप लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]