०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

एसईई

एसईई: ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने

न्युजमधेस डेस्क काठमाडौ,१३ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ । […]

न्युजमधेस डेस्क काठमाडौ,११ साउन। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो […]

न्युजमधेस डेस्क २८ असार, जनकपुरधाम। माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ।आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।