न्युजमधेस डेस्क
काठमाडौ,१३ साउन।
माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ ।

त्यसका लागि यही २७ साउनसम्म तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

 


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

श्री मधेश न्यूज नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )

सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh