न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]