१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कोरोना संक्रमणको आशंकामा प्रदेश २ का १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखियो

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । कुल १८ स्थानीय तह रहेको जिल्लामा ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा ५ जना महिला समेत छन् ।

यसपछि सबैभन्दा बढी रौतहटमा क्वारेन्टाइनमा राखिएको छ । रौतहटका २८ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले बताए । उनका अनुसार सिरहामा १९ जनालाई, पर्सामा ५ जनालाई तथा सर्लाही र बारामा २÷२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

धनुषामा यसअघि एक जनालाई क्वारेन्टाइनमा राखिएपनि उनलाई घरकै क्वारेन्टाइनमा पठाइएको छ । सह निर्देशक झाले ती व्यक्तिमा त्यस्तो कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको बताए ।

खासगरी भारतसहित अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]