१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

कोरोना संक्रमणको आशंकामा प्रदेश २ का १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखियो

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । कुल १८ स्थानीय तह रहेको जिल्लामा ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा ५ जना महिला समेत छन् ।

यसपछि सबैभन्दा बढी रौतहटमा क्वारेन्टाइनमा राखिएको छ । रौतहटका २८ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले बताए । उनका अनुसार सिरहामा १९ जनालाई, पर्सामा ५ जनालाई तथा सर्लाही र बारामा २÷२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

धनुषामा यसअघि एक जनालाई क्वारेन्टाइनमा राखिएपनि उनलाई घरकै क्वारेन्टाइनमा पठाइएको छ । सह निर्देशक झाले ती व्यक्तिमा त्यस्तो कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको बताए ।

खासगरी भारतसहित अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]