०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

धनुषा

धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मा

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरुवा भएको हो। यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ । धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे । चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न […]