१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ जेष्ठ । धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे ।

चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र मामा–माइजु पनि थपिए ।

आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमायालाई लिएर उनी १३ गते पोखराका लागि निस्किए ।

मामा माइजु गाउँमै बस्ने गरेका थिए भने बाँकी सबै काठमाडौंमै बस्दै आएका थिए ।

शनिबार पोखराको विभिन्न मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडे । तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । यी ७ जनासँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भयो ।

‘राजन दाजुले नै तीर्थ यात्रामा जाऔं भनेर योजना बनाउनुभयो’ राजनका बहिनी ज्वाइँ मदन लामाले भने, ‘यत्रो ठूलो घटना हुन्छ भनेर हामीले सोच्न पनि सकेका थिएनौं ।’

मिथिला नगरपालिका–११ मा भेला भएका गोले परिवारका आफन्त ।यो घटनापछि पुरै गाउँ नै शोकमा छ । ‘जहाज सम्पर्कविहीन भएको सूचना आएदेखि नै गाउँ नै चिन्तामा थियो, सबैको मृत्यु भएको खबर आएपछि अहिले रुवाबासी चलेको छ’, वडाअध्यक्ष बेदबहादुर कार्कीले भने ।

उनका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका राजनका मामा गाउँमै पढाउँथे । उनी केही दिनअघि सेवानिवृत्त भएका थिए ।

घर बनाए, सुखभोग गर्न पाएनन्

काठमाडौं बस्दै आए पनि पटक–पटक गाउँ आउने गरेका थिए राजन । गाउँमा उनले पुरानो घर भत्काएर नयाँ निर्माण गर्न सुरु गरेका थिए ।

‘घर लगभग तयार हुनै लागेको थियो, अब केही दिनभित्र निर्माण सम्पन्न हुने अवस्थामा थियो’, वडाअध्यक्ष कार्कीले भने, ‘तर त्यत्रो मिहिनेतले उनले बनाएको घरमा बस्नै पाएनन् ।’

राजनका श्रीमती, एक छोरा र एक छोरी छन् । नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार छोरीले यस पटक एसईई दिएकी छिन् भने छोरा सानै छन् । उनीहरु काठमाडौंमै पढ्दै थिए ।

घटनाले पूरा नगरपालिकालाई नै दुखित बनाएको मेयर महतोको भनाइ छ । ‘नहुनुपर्ने घटना भएको छ, हामी दिवंगत भएका राजनजीको परिवारलाई सक्दो सहयोग गर्न तयार छौं’ मेयर महतो भन्छन्, ‘उहाँको छोराछोरीलाई निःशुल्क शिक्षा दिलाउनेदेखि जीवन यापनका निम्ति पनि सहयोग गर्न तयार छौं ।’

काठमाडौंमै अन्तिम संस्कारको तयारी

जहाज दुर्घटनामा परी ज्यान गुमाउने सातै जनाको एकै ठाउँमा अन्तिम संस्कार गर्ने तयारी छ । सातै जनाको मृत्यु भइसकेपछि राजनका मामाका दुई जना छोरा काठमाडौं गइसकेका वडाअध्यक्ष कार्कीले बताए ।

प्रक्रिया पुर्‍याएर शव हस्तान्तरण गरेपछि काठमाडौंमै अन्तिम संस्कार गर्ने बिषयमा छलफल भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]