जनकपुरधाम । धनुषाका कमला नगरपालिकासहित पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले अझैं बजेट ल्याउन सकेका छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । […]