२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

धनुषाका  कमलासहित ५ स्थानीय तहले अझै ल्याएनन् बजेट

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

जनकपुरधाम । धनुषाका कमला नगरपालिकासहित पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले अझैं बजेट ल्याउन सकेका छैन।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै नगरसभामा असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पेस गरेको १५ दिनभित्र गाउँसभा/नगरसभा सदस्यहरुको बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप धनुषाका कतिपय स्थानीय तहहरूले असार १० गते अघि नै नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा स्थानीय तहहरूले पेस गरिसकेका छन् भने कतिपयले असार १० गते पेस गरेका थिए। कतिपयले आन्तरिक विवादका कारणले बजेट पेस गर्न सकेका छैनन् ।

धनुषामा १८ वटा स्थानीय तह छन् । जसमध्ये एक उपमहानगरपालिका ११ नगरपालिका र छ वटा गाउँपालिका छन् । जसमध्ये ५ स्थानीय तहले बजेट ल्याउन सकेका छैन ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि कमला नगरपालिका, धनुषाधाम नगरपालिका,मिथिला नगरपालिका,औरही गाँउपालिका र धनौजी गाँउपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन्।

आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]