२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रथम मेयर कप प्रतियोगिता जनकपुरधाममा

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

प्रमोद कुमार / ओम प्रकाश साह,जनकपुरधाम : स्थानीय सरकार गठन भएको दुइवर्ष पुग्न लागेको जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक मेयर कप प्रतियोगिता सुरु गरेको छ ।धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मेयर कप गराउन लागिएको हो । प्रत्येक खेलमा प्रथम हुने टिमलाई ३० हजार दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने जनाइएको छ। सोमबारदेखि ६ सय २८ खेलाडीको सहभागितामा सुरु सो मेयरकप प्रतियोगितामा कराते, तेक्वान्डो, कबड्डी (पुरुष र महिला), भलिबल र फुटबल खेल आयोजना गरिने सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी उपमहानगरले जानकारी दिएको छ। जनकपुर उद्योग वाणिज्य संघ महासचिवको संयोजकत्वमा हुने सो प्रतियोगिताको अन्तिम दिन प्रभातफेरी २५ गते बिहान ७ बजे तिरहुतिया गाछीबाट आयोजना गरिने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]