३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

गल्फ सेवा समाजद्वारा १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री वितरण

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो।

गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो २ किलो,खाने तेल १ किलो,आलु ३ किलो,प्याज २ किलो,नुन १ किलो,सुवाबिन ५ सय ग्राम गरि जम्मा करिब १५ किलोको प्याकेज बनाएर खाद्यान्न सामग्री वितरण गरेको बताए।

उनका अनुसार मटिहानी नगरपालिकाले उपलब्ध गराएको नामावली अनुसार खाद्यान्न सामग्री वितरण गरेको छ।

गल्फ सेवा समाजले विपन्न ,गरिब ,दलित ,अशक्त भएका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको संस्थापक राईनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]