२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

मटिहानीका आठ सयभन्दा बढी आगलागीपीडितलाई दैनिक खाना खुवाइँदै

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ।

मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्।

‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै नष्ट भएकाले बिहान–बेलुका गरी आठ सयभन्दा बढीलाई दैनिक खाना खुवाइरहेका छौँ। हामीलाई नेपाली सेनाका जवानले समेत सहयोग गर्दे आएकाले खाना खुवाउन सहज भइरहेको छ,’ हाम्रो टिम नेपालका संयोजक विमल पन्तले भने।

यसबाहेक बालबालिकाको विद्यालयको ड्रेस र कापी–कलमसमेत नहुँदा विद्यालय जान नपाएको र खासगरी लुगाकपडा नहुँदा समस्या थपिँदै गएको उनले बताएका हुन्।

जरलहवागाछी बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्युबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेका थिए। आगलागीमा परेर बस्तीका ५० जति अन्य घरमा समेत क्षति पुगेको, पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको नगरपालिकाले जनाएको छ।

आगो निभाएलगत्तै मटिहानी नगरपालिकालगायत अन्य संघसंस्था र व्यक्तिले खाना र ओत लाग्न त्रिपालको व्यवस्था गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]