१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

प्रदेश २ मा कुकुर शाखा स्थापना

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

जनकपुरधाम।प्रदेश न.२को आठवटै जिल्लाको अपराध नियन्त्रण गर्नको लागि कुकुर शाखा धनुषाको मिथिला नगरपालिका स्थित रहेको प्रहरी चौकी लालगढको परिसरमा स्थापना गरिएको छ।

प्रदेश २ अन्तर्गतमा रहेको सबै जिल्लामा भइ रहेको अपराध तथा अपराधिको गतिविधि न्यूनिकरण र नियन्त्रण गर्नका निम्ति कुकुर शाखा स्थापना गरिएको छ।सो शाखामा ४ बटा तालिम प्राप्त कुकुर राखिएको हो।कुकुरको प्रयोग प्रदेश न.२को सप्तरी देखि पर्सासम्मको जिल्लाहरुमा विभिन्न प्रकारका घटनाहरुको बारेमा अनुसन्धान तथा अपराधी क्रियाकलापमा संलग्न व्यक्तिहरुको खोजी कार्यमा प्रयोग गर्ने प्रहरीले बताए । त्यतिमात्र नभई बिष्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा प्रमुख व्यक्तिहरुलाई कार्यक्रम स्थलमा सुरक्षाको लागि त्यही कुकुर परिचालन गर्ने प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]