२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

न्यूजमधेश डेस्क काठमाडौँ, १६ मङ्सिर।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न […]

भीष्मराज ओझा काठमाडौँ, १६ मङ्सिर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई […]

न्यूजमधेश डेस्क सुनसरी ,१५ मङ्सिर । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । भोजपुर निवासी कांग्रेस नेता कार्की […]

न्यूजमधेश डेस्क काठमाडौँ ,१५ मंसिर । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन् । दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा […]

न्यूजमधेश डेस्क सप्तरी,१४ मङ्सिर ।सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि […]

न्यूजमधेश डेस्क सुनसरी,१४ मङ्सिर ।सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला हुनुहुन्थ्यो । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ मङ्सिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार एक सय […]