काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ । “संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, […]
राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पु¥याएको बताउनुभयो । यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा सहभागी माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका छन् । शनिबार मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सुिंहले माओवादी केन्द्रबा अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनुहुने भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको […]
भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा […]
काठमाडौं । सरकारले जनकपुरको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमणबारे अध्ययन गर्न पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतको जग्गा र सम्पत्ति संरक्षण गरी पुरानै अवस्थामा फिर्ता ल्याउनेबारे अध्ययन गर्नेछ । […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, […]