जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएका छन् । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले बताए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी निर्माणका लागि जीवन समर्पण गर्न तयार रहेको बताएका छन् । बुधबार बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रूपमा आफ्ना धारणा राख्न खोजेका थिए । बैठकलाई प्रत्यक्ष प्रसारण गर्न भनेपछि उनलाई बोल्न दिइएको थिए । शुक्रबार पार्टी केन्द्रीय अनुशासन आयोगले सोधेको […]
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सरकार गठनकै लागि दुई ठूला दल एकापसमा मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आज (बुधबार) इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । संसदको दोस्रो ठूलो दल नेकपा एमालेसँगै नयाँ सत्ता समीकरण बनाएर सरकारमा सहभागी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति […]
नवलपरासी । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट […]
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, […]
काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।
कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिकाको लबिङ हिल -मानेभञ्ज्याङ सडकखण्ड वर्षाले हिलाम्मे भएपछि सडकमा फसेको ट्रक तथा बाटो पार गर्दै स्थानीय महिला । ठेकेदारले समयमा सडक कालोपत्रको काम नसक्दा वर्षेनी यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन ।