०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

जनकपुरधाम । संघीय गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तन हुन लागेको बखत मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने छ । मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख […]

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक शुक्रबार सुरु हुन नपाउँदै स्थगित भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुले संशोधन नभएसम्म त्यस उपर छलफल गर्न नसकिने अडान लिएका छन् । शुक्रबार साढे दुई बजे सुरु भएको बैठक सभामुख रामचन्द्र मण्डलले कार्यसूचिमा प्रवेशको चर्चा गर्ने […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राजीनामा दिने तयारी गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार संसद बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् । ‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अव प्रतिपक्षमा बस्न तयार छ, ’ उनले आज बसेको मन्त्रिपरिषद्को […]

जनकपुरधाम । मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ । जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत […]

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताउनुभएको छ । बिहिबार नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनमा उहाँले नयाँ सरकार गठनपछि संविधान संशोधन हुने र यसका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायतका दलको सहयोग आवश्यक हुने बताउनुभयो […]

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनमा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको […]

झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा […]