न्यूजमधेश डेस्क लहान ,४ श्रावण । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो । रु छ करोड ५६ लाख २० […]
न्यूजमधेश डेस्क कंचनपुर ,४ श्रावण । छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ । राना थारु सामुदायिक होमस्टेका […]
न्यूजमधेश डेस्क काठमाडौं ,४ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको हो । सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ श्रावण। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘उहाँले हाम्रो […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ श्रावण। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् । अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् । सर्वोच्च अदालतको […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ श्रावण । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ । प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै […]
न्यूजमधेश डेस्क काठमाडौं,३ श्रावण । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहँु, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिनुभयो । […]