१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

देवघाटमा बोलबम मेला नहुने

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३ श्रावण । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ ।

कोभिड–१९ को जोखिमका कारण तनहँु, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताउनुभयो । “कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ,” उहाँले भन्नुभयो, “भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।” घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

साथै शान्तिसुरक्षाका लागि तीन वटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उहाँले बताउनुभयो । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्य रह्यो । “अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ,” उहाँले भन्नुभयो ।

देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गथ्र्यो । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]