सर्लाही । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्। मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले […]
झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका– ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक– ७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्। गएराति छिमेकीको घरमा जन्मदिनको भोज […]
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार रिक्त एक सदस्य पदमा उमाशंकरलाई नियुक्त गरिएको हो।
काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। सीआईबीले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्याइसकेको छ। सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। बाँसबारी छालाजुत्ता कारखानाको […]
जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ […]
जनकपुरधाम । मधेश आन्दोलनका योद्धा कृष्णा पटेल जनमत पार्टीमा प्रवेश गरेका छन् । आज पर्सामा एक कार्यक्रमबीच नेता पटेल जनमत प्रवेश गरेका हुन् ।उनलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले खादा लगाएर पार्टीमा स्वागत गरेको छ । नेता पटेल तत्कालीन नेपाल सदभावना पार्टी पर्सा जिल्ला अध्यक्षसमेत रहेका थिए।
जनकपुरधाम । जनकपुरधाममा जारी सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो । टस जितेर धनुषा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । निर्धारित ४० ओभरमा धनुषा टिम सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका […]
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्। नेपालको संविधानले नै राज्यशत्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्रीसमेत रहेका खड्काले आज नेपाली सैनिक […]