०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मधेस प्रदेशमा एक युवती घरमै मृत फेला

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ १८, २०८०

फाइल फोटो

सर्लाही । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्।

मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]