०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

प्रदीप गिरीले बालेको समाजवादको आलोक

काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]

काठमाडौँ, ३ भदौ  । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]

महोत्तरी, ३ भदौ । शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ । चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज महोत्तरीको […]

राजविराज , ३२ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । महेशको घटनास्थलमा […]

काठमाडौँ, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य […]

जनकपुरधाम,३१ साउन।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। बिहीबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूले मिथिला नगरपालिकाको नकटाझिज रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो । संघीय सरकारको मातहतमा रहेका नकटाझिजस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार प्रदेश […]

जनकपुरधाम, ३१ साउन । मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरेका हुन् । करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ । तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा […]

महोत्तरी ,३० साउन। मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीको उद्घाटन गरिएको छ । जलेश्वर नगरपालिकाको वडानं. २ प्रादेशिक अस्पतालको अगाडीमा रहेको लभ सिंहको भवनमा सो कार्यालय स्थापना गरिएको हो । धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको सो कार्यालयको उद्घाटन वैदिक पुजापाठसहित मधेश प्रदेशको […]