०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मुख्यमन्त्री सिँहद्वारा प्रदेश वन निर्देशनालयको भवन उद्घाटन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, साउन ३०, २०८१

जनकपुरधाम, ३१ साउन । मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरेका हुन् ।

करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ ।

तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा रहेका छन् । रामजानकी निर्माण सेवा जनकपुरधामले रु पाँच करोड चार लाख १९ हजारको लागतमा भवन निर्माण गरेको निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले जानकारी दिनुभयो । भवन निर्माण गर्ने क्रममा तीन पटक म्याद थप गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशअन्तर्गत वनक्षेत्रको विकास एवम् संरक्षण गर्न मधेश प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम कार्यावन्यन गर्न तथा गराउन सबैलाई आग्रह गरे ।

यस्तै उद्घाटन कार्यक्रममा प्रदेश वन तथा वातावरण मन्त्री त्रिभुवन साहको विशिष्ट अतिथि रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]