२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

स्वचालित प्रविधिबाट ड्राइभिङ टेस्ट सञ्चालन गर्ने श्रम तथा यातायात मन्त्रीको पहिलो निर्णय

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् । मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा […]

ललितपुर । ईयुको सहयोगमामा क्रिएसन नेपालद्वारा संचालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकाका चार वेस्ट स्मार्ट स्कुलबीच अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार ललितपुरमा आयोजित प्रतियोगितामा आदर्श शौल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै, श्रमजित किसोर माध्यमिक विद्यालयले दोस्रो र प्रभात माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन । बिजेता […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् । आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’ उनले मधेशका आठवटै […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]

जनकपुरधाम । धनुषामा २०६३/०६४ को मधेश आन्दोलनलाई फ्रन्टलाइनमा रहेर हाँक्ने आन्दोलनकारी हुन्–शेषनारायण यादव । लक्ष्मीनियाँ गाउँपालिका–३ बनिगामा(साबिकको सपही गाविस) का सुबरन यादव र दौलतिया देवीको माहिलो पुत्र यादवको जन्म २०३२ साल पुस १३ मा भएको थियो । किसान परिवारमा जन्मेका यादवले बिलट साह मावि सिनुरजोडाबाट कक्षा ८ सम्मको पढाइ गरेका थिए ।यादवले मावि र उच्च […]

जनकपुरधाम । नवनियुक्त उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री यादवले सिचाई क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् । सिचाईका रुग्न श्रोतहरुको मर्मत सम्भार गर्नुका साथै नयाँ ट्युववेलहरु समेत जडान गरेर सिचाईको व्यवस्थापन गर्ने निर्णय उनले गरेका छन् । नवनियुक्त मन्त्री यादवले खानेपानीको […]

जनकपुरधाम । मधेस सरकारले ल्याएको बजेटमा आजबाट कामकाज सुरु गर्नको लागि अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो । अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् […]

सिरहा : सिरहाको औरही गाउँपालिकामा करोडौं रकम अनियमितता भएको पाइएको छ। हालै सार्वजनिक आ.ब.२०७९/८० को महालेखा परिक्षणको प्रतिबेदन अनुसार विभिन्न उपभोक्ता र ठेक्केदार कम्पनीहरुलाई करिब एक करोड तेत्तीस लाख उन्नानसाठी हजार ( रु.१,३३,५९,०००/- ) रुपैया काम भन्दा बढी भुक्तानी दिएको उल्लेख छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली २०७७ को नियम ३९( ५ ) मा […]