०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सहिद राम मनोहर यादव पार्कको लागि जग्गा निरिक्षण

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ०७, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सहिद राम मनोहर यादव पार्क निर्माण गर्नको लागि जग्गा निरिक्षण गरेका छन् ।

सोमबार सप्तरीको तिरहुत गाउँपालिकास्थित बरखण्डित बाबा महादेव मन्दिर नजिकै स्वराज आन्दोलनको क्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्नको लागि मधेश सरकारका वन मन्त्री त्रिभुवन साहसहितको टिम जग्गा निरिक्षण गरेका हुन् ।

निरिक्षण गर्न वन मन्त्री त्रिभुवन साह,राज्यमन्त्री रंजु खंग,जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जय कान्त राउत,वन डिभिजन कार्यलय सप्तरी प्रमुख सुभाष दास र गाउँपालिका अध्यक्ष बिजय यादवसहितको संयुक्त टिमले जग्गा निरिक्षण गरेको वन मन्त्रीका सचिवालयले बताए ।

मधेश सरकारले चालू आर्थिक वर्ष ८१/८२ मा सहिद राम मनोहर यादवको नाउमा पार्क निर्माण गर्नको लागि बजेट छुट्याइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]