३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

राजर्षी जनक विश्वविद्यालयमा विद्यार्थी जनमत संघले ५१ सदस्यीय कमिटी गठन ,अध्यक्षमा मण्डल

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ०४, २०८१

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ।

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा ईकाइ कमिटी गठन गरिएको छ।

कार्यसमितिको अध्यक्षमा शशिकानकान्त मण्डल,उपाध्यक्षमा ऋषिकेश यादव, महिला उपाध्यक्षमा अञ्जली यादव,सचिवमा शत्रुधन मण्डल, सह सचिवमा अभिषेक यादव , हिरा लाल यादव,सुशान्त मण्डल कोषाध्यक्षमा मो.अताबुलसहित ५१ सदस्यीय ईकाई कमिटी गठन भएका छ।

कार्यक्रममा बिशिस्ट अतिथिमा युवा जनमत संघ प्रदेश अध्यक्ष रिकि सिंह, केन्द्रिय सदस्य अशोक साह, रंजित राय, बृषेश शर्मा,दिपेन्द्र ठाकुर,राज नरेश पंडितलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले नव गठन कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]