२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

प्रदेशको आठै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान हुन्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताएका छन् । राजधानी जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिए । बारामा दिनदहाडै एक निजी […]

जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका […]

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ । क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशंकर कुमार गोइत, नवीनकुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् ।तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् । साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र […]

काठमाडौं । जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशनको घोषणा गरेको छ । पार्टीका राष्ट्रिय सचिव बीपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो । जनमतको अधिवेशन तालिका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा […]

काठमाडौँ । सामान्य व्यक्तिको भन्दा सामाजिक व्यक्तिको व्यवहार आचरण विशेषे चासोको रूपमा हेरिन्छ । उनीहरूको व्यवहारको पनि अनुसरण गर्छन् । महोत्तरी जिल्लाका भँगहा नगरपालिका मेयरको व्यवहार भने सामान्य नेपाली समाजमा अपाच्य छ । आज मङ्सिर १३ गते बिहान देखी जनकपुरको भरम्पुरा चोकमा रहेको भँगहा नगरपालिका मेयर सन्जीप शाह बिहानैदेखि मद्यपान पिइ रहेका थिए । उनलाई […]

कञ्चनपुर। कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु […]