०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

कांग्रेस धनुषा २ को क्षेत्रीय सभापतिको निर्वाचन: तीन उम्मेदवार मैदानमा, साधु बलियो !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ ।

क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशंकर कुमार गोइत, नवीनकुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् ।तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् ।

साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुंगानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा खुलेका छन् ।

नवीनलाई पूर्वसांसद दिनेश प्रसैलाले मैदानमा उतारेको स्रोतको दाबी छ । उनलाई जसरी पनि जिताउन पूर्वसांसद प्रसैला भोट माग्दै हिँडेका छन् ।

क्षेत्र नम्वर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्वसांसद शिवधारी यादव पनि भूपनारायणको पक्षमा खुलेका छन् ।

पार्टीको क्षेत्रीय निर्वाचनमा पनि गुट उपगुट सक्रिय बनेको छ । उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरुले आआफ्ना पक्षका नेतालाई क्षेत्रीय सभापति बनाउन घरदैलो गरिरहेका छन् ।

अहिलेको अवस्थामा साधु बलिया उम्मेदवार देखिन्छन् । दुई स्थानीय तहका मेयरसमेत सक्रिय बनेपछि साधुले क्षेत्रीय सभापतिमा बाजी मार्ने सम्भावना बढेको सो क्षेत्रका एक कांग्रेस नेताले बताए ।

उनले भने, साधु बलियो देखिए पनि नवीन र भूपनारायण पनि कमजोर छैनन् । यहाँ कडै प्रतिस्पर्धा हुन्छ ।’

यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, विशेश्वर यादव,भोला चौधरी, महेशशंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधीर गोइत उम्मेदवार छन् ।

यस्तै,समानुपातिकतर्फ २ जनाका लागि उत्तीमप्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।

धनुषा क्षेत्र २ मा औरही गाउँपालिका‌, शहिद नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा पर्छन् ।

निर्वाचन तालिकाअनुसार शनिबार क्षेत्रीय सभापति र महासमिति सदस्यका लागि मतदान हुनेछ ‌। ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]