१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनमत पार्टीद्धारा अधिवेशन घोषणा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशनको घोषणा गरेको छ ।

पार्टीका राष्ट्रिय सचिव बीपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो ।

जनमतको अधिवेशन तालिका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइदैछ ।

सचिव साहका अनुसार वडा अधिवेशन पश्चात माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ सबै जिल्ला अधिवेशनको घोषणा गरिएको छ ।

२०८१ बैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशनहरुको कार्यक्रम रहेको उनले जानकारी दिए । डा.सीके राउतको नेतृत्वमा जनमत पार्टी स्थापना भएपछि पार्टीले दोस्रो अधिवेशनतर्फ लागेको हो ।

अधिवेशन पश्चात पार्टी थप बलियो भएर जाने विश्वासका साथ अधिवेशन आह्वान गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]