जलेश्वर । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज बिहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका- ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालिका-९ […]
काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणी(सचिव)को सरुवा गरेको छ । बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंह सङ्घीय मामिला तथा सामान्य […]
राजविराज । सप्तरीको दुई पालिकामा नयाँ हाकिम आउने भएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् । तिलाठी कोइलाडी गाउँपालिकामा राजकिशोर साह र बिष्णुपुर गाउँपालिकामा प्रतिक्षा रेग्मी । दुबै शाखा अधिकृत हुन् । यी दुबै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहबाट यहाँ आउन लागेका छन् […]
काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको […]
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको […]
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको १५औं बार्षिक प्रतिवेदन २०७७–७८ तथा १६औं प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसूची रहेको छ ।
बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा […]
जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले साउदीमा ज्यान गुमाएका एक मजदुरको लास(शव) नेपाल पठाएको छ। वैदेशिक रोजगारको क्रममा साउदी पुगेका धनुषाको बिदेह नगरपालिका मुरिबाका २७ वर्षीय सुरतिया मुखियाको केहिदिन अगाडी स्वास्थ्यमा समस्या देखापरेपछी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए।तर,उनको उपचारकै क्रममा मृत्यु भएको गैर आवासीय मधेशी संघले जनकपुरधाममा […]