काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी […]
काठमाडौं । बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । जल सतह अझै बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बागमती तटीय क्षेत्र रौतहट र सर्लाहीको डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर सामान्य […]
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई […]
पर्सा । सडकमा फोहर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ । जथाभावी फोहर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वीरगन्ज-६ का वडाध्यक्ष जयप्रकाश साहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो। सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताए । यता, वडाध्यक्ष साहले भने आफूसँग राजनीतिक प्रतिशोध साँधिएको आराेप लगाएका […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि […]
जलेश्वर । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज बिहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका- ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालिका-९ […]
काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणी(सचिव)को सरुवा गरेको छ । बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंह सङ्घीय मामिला तथा सामान्य […]