२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

जिल्ला समन्वय समितिलाई साधन स्रोतको अभाव हुन दिइन्न : मन्त्री अनिता देवी

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेकी छन् । जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनक लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् […]

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। आज कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, […]

काठमाडौं । झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ । शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ […]

सप्तरी । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल […]

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवलाई बिहीबार साँझ काठमाडौंबाट अख्तियारले नियन्त्रणमा लिएको छ । पालिकाका कर्मचारी घुससहित पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिएपछि बिरामी भएका यादव अख्तियारको निगरानीमा वीर अस्पताललमा उपचाररत छन् । गत साउन ३१ गते सोलार बत्ती जडान योजनामा उपभोक्ताबाट दुई लाख नगद र तीन लाखको चेक […]

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए। उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले […]

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए । एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा […]

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैयादेखि ‘कमला– ढल्केवर–पथलैया’ सडक खण्ड स्तरोन्नतिको क्रममा १८ हजार ६ सय रुख कटान हुने भएको छ । मधेस प्रदेशका ६ जिल्लालाई छोएको बाराको पथलैयादेखि सिराहा जिल्लाको कमला नदीसम्मको १३० किलोमिटर क्षेत्रमा राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका १८ हजार ६ सय रुख कटान हुने भएको आयोजनाले जनाएको छ […]